सूर्यास्तको समयमा म मेक्सिकोको समुद्री किनारमा घुमीरहेको थिए । घुम्ने क्रममा मैले एकजना स्थानिय व्यक्तीले निहुरेर केही चिज टिप्दै समुद्रतर्फ फ्याकिरहेको देखे ।
जब म उसको नजिक पुगे, उसले समुद्री तटमा छालले छोडेको छटपटाइरहेका माछाहरू पुनः समुद्र तर्फ फ्याकिरहेको थियो ।
उसको यस्तो कर्तव्य देखेर म छक्क परे । म उसको नजिक गएर भने, 'गुड इभिनिङ साथी । तपाई यहाँ के गरिरहनु भएको छ ?'
'म यी माछाहरूलाई फेरी समुद्रमा फ्याकिरहेको छु । यसबेला अचानक समुद्रको पानी तल झरेकाले यी माछाहरू बालुवामा फसेका छन् । यदि मैले यसलाई समुद्रमा फ्याकिन भने यिनीहरू अक्सिजनको अभावमा मर्नेछन् ।'
'मैले बुझे साथी ! तर यो समुद्रको किनारमा त हजारौं माछाहरू छन् होला । तपाईले ती सबैलाई त बँचाउन सक्नुहुन्न । फेरी यस्तो त सधै भइरहन्छ । यो त सामान्य प्रक्रिया हो । तपाईले एउटा/दुइटा माछा पानिमा फ्याक्दैमा केही फरक पर्छ र ?'
स्थानिय वासिन्दा मुस्कुरायो, झुक्यो र एउटा माछा टिपेर समुद्रमा फ्याक्दै बोल्यो, 'भर्खरै मेरो कारणले यो माछालाई निश्चित रूपले फरक परेको छ ।'
- स्वतन्त्र सम्पादन सहित
(ज्याक केनफिल्ड/मार्क भी. हेन्सन)
Source: preraksansar.blogspot.com
0 comments:
Post a Comment